कोभिडबाट मृत्यु हुनेको संख्या २९०,१६५ पुग्यो : कुन देशमा कति ? (सूचीसहित)

174

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ९० हजार १ सय ६५ पुगेको छ । संक्रमितको संख्या ४३ लाख ८ हजार ३ सय ५७ पुगेको छ । संक्रमितमध्ये १५ लाख ५५ हजार ९२ जना उपचारपछि घर फर्किएका छन् । ४६ हजार ५ सय ८५ जनाको अवस्था भने गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८२ हजार २ सय ७९ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २६ हजार ९ सय २०, बेलायतमा ३२ हजार ६ सय ९२, इटलीमा ३० हजार ९ सय ११, फ्रान्समा २६ हजार ६ सय ४३ र ब्राजिलमा ११ हजार ९ सय ८० जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here