साफ फाइनलका लागि यी ६ स्थानमा पार्किङ

18

काठमाडौं । नेपाल-बंगलादेशबीचको साफ च्याम्पियनसिप २०२४ को फाइनल खेलका लागि ६ वटा स्थानमा पार्किङ तोकिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनका लागि ६ वटा स्थानमा पार्किङ तोकेको हो।

कार्यालयका अनुसार खेलकुद परिषदको पार्किङ, आँखा अस्पताल, आर्मी हेडक्वार्टर अगाडि, त्रिपुरेश्वरको विश्व निकेतन स्कुल पछाडि करिडोर र कुपण्डोल क्षेत्र तोकिएको छ।

करिडोर क्षेत्रमा दुई पांग्रे र चार पांग्रे सवारीसाधन राख्न सकिनेछ।

काठमाडौंको भ्यूटावर पुरानो बसपार्कमा पनि दुई पांग्रे र चार पांग्रे राख्न सकिनेछ। धरहरामा पनि दुई पांग्रे सवारीसाधन पार्किङ गर्न सकिन्‍छ।

नेपाल-बंगलादेशबीच साँझ साढे ६ बजे फाइनल खेल सुरू हुँदैछ।

464972640_967905062048366_5939351380212175678_n-1730277522.jpg
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here