रास्वपाका ८ जना कार्यकर्ता पोखराबाट पक्राउ

44

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ८ जना कार्यकर्ता पोखराबाट पक्राउ परेका छन्। सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्तालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

प्रदर्शनका क्रममा निषेधित क्षेत्रमा रहेका प्रहरीमाथि आक्रमण गर्न थालेपछि रास्वपा कार्यक्रतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि प्रहरीले प्रदर्शनकारीमाथि चार सेल अश्रुग्यास प्रहार गरेको थियो।

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएको थियो।

लामिछानेलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथिको आजको बहस सकिएको छ। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here