ह्यारिस राष्ट्रपति बन्न तयार

42

वासिङ्टन डीसी । मंगलबार हुन गइरहेको अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेट पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले आफू अर्को राष्ट्रपति बन्न तयार रहेको जनाएकी छिन् ।

फिलाडेल्फियामा आफ्नो अन्तिम चुनाव प्रचार प्रसार अभियानको क्रममा मञ्चमा बोल्ने क्रममा उनले यस्तो जनाएकी हुन् ।

अमेरिका के हो भनेर देखाएकोमा आफ्ना समर्थकलाई धन्यवाद भन्दै उनले यी सबैमा आफूहरू सबै एकै ठाउँमा रहेको जनाएकी थिइन् ।
आफ्नो चुनावी अभियान अमेरिकीहरूको महत्त्वाकाङ्क्षा, आकाङ्क्षा र सपनालाई जागृत गरेको अनि मिलेर के गर्न सक्छौँ भन्नेबारे आफू आशावादी र उत्साहित रहेको पनि उनले जनाइन् ।
मतदातासामु भय र विभाजनले डोर्‍याएको दशकयताको राजनीतिको पृष्ठ पल्टाउने अवसर भएको पनि उनले जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here