मितेरी सहकारीको अपचलन गरेको विषय अनुसन्धान गर्न विरूद्ध रेड कर्नर नोटिस जारी

16

काठमाडाैं । मितेरी सहकारीको अपचलन गरेको विषय अनुसन्धान गर्न प्रहरीले सहकारीका व्यवस्थापक ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले इन्टरपोलमार्फत नोटिस जारी गरेको हो। कानुनी रुपमा गुरुङ कांग्रेस उपसभापति धनराज गुरुङकी पत्नी हुन्। सहकारी हिनामिना मुछिएपछि उनीहरुबीच सम्बन्ध विच्छेद भएको थियो।

सहकारी रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिले मितेरी सहकारीको करोडौँ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै धनराज र उनकी पूर्वपत्नीलाई समेत अनुसन्धानको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। मितेरी सहकारीको १४ करोडभन्दा बढी रकम हिनामिना भएको छ।

सम्बन्ध विच्छेदपछि पनि धनराजले श्रीमतीको नाममा लिएको ऋण तिरहेका तथ्य बाहिर आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here