टेबल टेनिस खेलाडी सेलिशा खड्गीको निधन

55

काठमाडौं । नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ।

 लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिए। उनका अनुसार ३० वर्षीया सेलिशाको आजै कीर्तिपुरमा अन्त्येष्‍टि गरिएको छ।

सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियनसिप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेलेकी थिइन्।

यसैगरी सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here