वल्र्ड बडिबिल्डिङमा नेपाललाई रजत पदक

40

काठमाडौं । तीन बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रबार १५औं वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपाललाई रजत पदक दिलाएका छन्।

बडिबिल्डिङ एसोसिएसन अफ माल्दिभ्सको आयोजनामा मालेमा शुक्रबार भएको च्याम्पियनसिपमा नेपालले तीन पदक जितेको हो। प्रज्वलमानले मास्टर्स ४०–४९ उमेरसमूहका ८० केजीमुनि तौलसमूहमा रजत जितेका हुन्। यसमा १० जना प्रतिद्वन्द्वी थिए।

रुजेशले ६० केजी र रजनीले ५५ केजीमाथि नेपाललाई रजत दिलाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here