बझाङ । बझाङका एकजना भारतको केरालामा मृत फेला परेका छन ।
बझाङको बुंगल नगरपालिका ७ डाँडागाउँ पुर्खेउली घरभइ हाल डडेलधुरा बस्दैँ आउनुभएका अन्दाजि २५ बर्षका नरेश बोहरा आज बिहान भारतको केराला बाइनाड जिल्लाको मान्थभाडी भन्ने ठाउँमा मृत भेला परेका हुन ।
करिब ३ / ४ बर्ष रोगारीको सिल्सिलामा भारतको केरालामा श्रीमती र २ छोरा सँग बस्दै आउनुभएका बोहरा आज बिहान एक्कासि मृत फेला परेका पारिवारिक स्रोतले जनाएको छ ।
घटना संकास्पद रहेकोले मृत बोहराले आफैँ आत्महत्या गरेको होकि हत्या गरेको हो भन्ने बिषयमा थप अनुसन्धान भइरहेको छ । सपना खाती

















