अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएर भारतलाई फरक नपर्ने

21

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकी चुनावको नतिजाबाट भारत ‘नर्भस’ नभएको जनाएका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा पत्रकारले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएर भारतलाई फरक नपर्ने आशयको जवाफ दिएका हुन् ।

बीबीसी हिन्दीका अनुसार अमेरिकाको चुनावी नतिजाबारे जयशंकरलाई ‘अमेरिकी चुनावको नतिजालाई भारत-अमेरिका सम्बन्धको दृष्टिकोणबाट कसरी हेर्नुहुन्छ ?’ भनेर सोधिएको थियो । जवाफमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको फोन ट्रम्पले सुरुमा उठाएका तीन फोन कलमध्ये एक भएको उल्लेख गर्दै भने, ‘प्रधानमन्त्रीको आफ्नो कार्यकालमा सबै राष्ट्रपतिहरूसँग राम्रो सम्बन्ध रहेको छ। चाहे त्यो ओबामा होस्, त्यसपछि ट्रम्प वा बाइडेन ।’

उनले अगाडि थपे, ‘मलाई थाहा छ संसारका धेरै देशहरू अमेरिकालाई लिएर त्रसित छन्, तर म यो प्रष्ट पार्न चाहन्छु कि भारता त्यस्तो अवस्था छैन ।’

अमेरिकी राष्ट्रपतिको निर्वाचनबाट रिपब्लिकन नेता डोनाल्ड ट्रम्प निर्वाचित भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here