करेन्ट लागेर मृत्यु

25

मकवानपुर । भिमफेदी गाउँपालिका-८ दोभानस्थित रहेको सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा रहेको संचारको पाइप गाड्ने क्रममा पाइप माथि रहेको विजुलीको तारलाई छुन जाँदा करेन्ट लागेर सोही वेस क्याम्पमा कार्यरत लेसनायक २९ वर्षीय पदम बहादुर दियालको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

साथै करेन्ट लागेर घाइते भएका सोही क्याम्पमा कार्यरत अन्य २ जनालाई उपचारको लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौं पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here