नेपाल भाषा बाल पुरस्कार वितरण सम्पन्न

29

काठमाडाैं । काठमाडाैं  महानगरपालिका, २७ वडामा नेपालभाषा बाल पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

काठमाडाैं  महानगरपालिका अन्नपपूर्ण उच्च मावि ज्याठा, २७ वडामा नेपालभाषा मचा सिरपा (नेपालभाषा बाल पुरस्कार) र नेपालभाषा ब्वनामि सिरपा (नेपालभाषा विद्यार्थी पुरस्कार) प्रदान गरिएकाे छ ।

अन्नपूर्ण उमावि २७ वडाका निजी र सामुदायिक विद्यालयका विद्यार्थीलाई नेपालभाषा पुरस्कार स्कुलमा नेपालभाषा पढ्ने विद्यार्थीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले “नेवा: बस्ती नेवा: स्कुल अभियान” को आयोजनामा अन्नपूर्ण उच्च माविको सभाकक्षमा नेपालभाषा मचा सिरपा (नेपालभाषा बाल पुरस्कार) र नेपालभाषा ब्वनामि सिरपा (नेपालभाषा विद्यार्थी पुरस्कार) प्रदान गरिएकाे छ ।

बहूभाषिक मुलुक नेपालमा नयाँ पुस्तालाई स्थानीय भाषाप्रति आकर्षण गरी नेपालभाषाको संरक्षण गर्नु यस पुरस्कारको उद्देश्य रहेको नेवाः बस्ती स्कुल अभियानका संयाेजक दिपक तुलाधरले जानकारी गराउनु भयाे ।

साे पुरस्कारको लागि काठमाडौं महानगरपालिका, २७ वडा भरिका निजी र सरकारी स्कुलका कक्षा १ देखि ८ सम्मका बिद्यार्थी मध्ये काठमाडौं महानगरपालिकाको स्थानिय विषय नेपालभाषाको आधारमा उत्कृष्ट १-१ जनालाई पुरस्कार वितरण गरिएकाे छ । साे पुरस्कारको लागि जनस्तरबाटै उठेको चन्दा रकम र कोषको ब्याज बाट ४३ जना बिद्यार्थी लाई जनही रु. ५,०००/-, प्रमाण पत्र र कोसेली प्रदान गरिएकाे हाे ।

मातृभाषाको क्षेत्रमा वयष्कको लागि थुप्रै पुरस्कारको ब्यबस्था भएता पनि नयाँ पुस्ताको लागि खासै पुरस्कारको व्यवस्था नदेखिएकोले यो पुरस्कारले स्थानिय भाषा पढ्ने विद्यार्थी पढाउने बिद्यालय र अभिभावकहरुलाई थप हौसला मिलेकाे छ । यसै कार्यक्रममा नेपालभाषा र रञ्जना लिपिको प्रबर्द्धनमा टेवा पुर्याउनु भएकोले त्यौड माविका प्रधानाध्यापक सुरेन्द्र केसीलाई पनि सम्मान गरिएकाे छ ।

नेपालभाषा पढ्ने बिद्यार्थी नेवार बाहेक अन्य जाति पनि छन् । यसपालीको सिरपा जित्नेमा अधिकांश गैर नेवार बच्चा रहेकोले नेपालभाषा नेवारको मात्र नभै नेपालको साझा भाषा भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here