काठमाडौं । मोरङ, मिक्लाजुङ गाउँपालिका-६ खाबेझोडा बस्ने हर्क बहादुर पाण्डेको घरमा शनिबार
दिउँसो आगलागी हुँदा खाद्यान्न र काठपात लगायतका सरसामान जलेर करिब ३ लाख ६१
हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नवलपरासी पूर्व, देवचुली नगरपालिका-१६ रजहरस्थित बेल बहादुर बिकको आर्यन तथा आरूसी सुन चाँदी पसलमा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा कम्प्युटर १ थान, सुन जोख्ने तराजु १ थान, मनिटर १ थान, फर्निचर डेकोरेसनका सामानहरू जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रसुवा, कालिका गाउँपालिका-२ चिहानडाँडा बस्ने ४२ वर्षीय बिर बहादुर गोलेको घरमा
शनिबार बेलुकी आगलागी हुँदा घर र घर भित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, ३
तोला बराबरको सुनको विभिन्न गरगहना र नगद १ लाख ५० हजार रूपैयाँ जलेर करिब १०
लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका
साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















