कोरोना वा मोसमी रुघाखोकी थाहा पाउने तरिका !

72

 संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण दिनानु बढि रहेकाे छ । यसैबीच अहिले  नेपालमा काेराेना भाइरसकाे  दाेस्राे लहर चलिरहेकाे छ ।  आम नागरिक त्रासदिपूर्ण जीवन जिउन बाध्य भएकाे छ ।  यस विषम परिस्थितिमा   धेरै व्यक्तिलाई मौसमी रूघाखोकीले पनि सताइरहेको छ । मौसमी रुघाखोकी र कोरोना संक्रमणबीचको फरक छुट्याउन मुस्किल परिरहेको छ ।

यसरी थाहा पाउनुहोस् मोसमी रुघाखोकी र कोरोनाको संक्रमण

-सामान्यतः सामान्य रुघाखोकी र कोरोनाका लक्षणमा धेरै अन्तर छैन तर कोरोना संक्रमण भएका मानिसलाई रुघाभन्दा बढी सुक्खा खोकी लाग्छ। १०२ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउँछ र सास फेर्न समस्या हुन्छ ।

कोरोना संक्रमणका लक्षण

– सुख्खा खोकी लाग्ने

– उच्च ज्वरो आउने

– एकदम थकाइ लाग्ने

– सास फेर्न गाह्रो हुने

– स्वाद वा र र गन्ध थाहा नहुने

– घाँटी खसखस गर्ने र बोलि परिवर्तन हुने

– निको हुन १० दिन लाग्न सक्ने

– खाना नरुच्ने

– अक्सिजन र आइसीयुको उपचार आवश्यक पर्न सक्ने

मौसमी रुघा खोकीका लक्षण :

– नाक बन्द हुने

– नाकबाट पानी आउने

– हाँच्छ्यु आउने

– शरीर दुख्ने

– हल्का ज्वरो आउने

– टाउको दुख्ने

– शरीर दुख्ने

– सामान्य उपचार तथा आरामले फाइदा गर्ने

– छोटो समयमा निको हुने

-आफूलाई कोरोनाकै संक्रमण भए जस्तो लाग्छ भने १११५ नम्बरमा फोन गर्नुहोस्। त्यहाँबाट सल्लाह पाइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here