गौहत्यारा पक्राउ

53

झापा । कन्काई ३ मा गौहत्या भएको दुई दिनमै झापाको अर्जुनधारामा पनि गौहत्या भएको छ।

अर्जुनधारा ५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गौहत्या गरिरहेको अवस्थामा गएराति ९.४५ बजे एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ५० वर्षीय राम तामाङ रहेका छन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ।

यसअघि मंगलवार कन्काई ३ टप्पुमा लैनो गाईको हत्या भएको थियो।

साे घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here