असईले आफ्नै छातिमा गोली प्रहार

44

अछाम । प्रहरी सहायक निरीक्षक (असई) ले आफ्नै छातिमा गोली प्रहार गरेका छन्। अछामकाे प्रहरी चौकी भैरवस्थानका प्रमुख समेत रहेका किसनबहादुर चन्दले बिहीबार राति साढे ९ बजेतिर गोली प्रहार गरेका हुन्।

आफैँले बोकेको पेस्तोलबाट छातिको बाँया भागमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जनाए । घटनाको सूचना पाएलगतै डीएसपी भण्डारीसहितको टोली घटनास्थलमा पुगेर उनलाई उपचारका लागि सुर्खेततर्फ पठाएका थिए।

राति सवा २ बजेतिर सुर्खेत लगे पनि उनलाई त्यहाँबाट नेपालगन्ज मेडिकल कलेज रिफर गरिएको थियो। शुक्रबार बिहान सवा ७ बजेदेखि असई चन्दको नेपालगञ्ज मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार भइरहेको छ।  घटनाको छानबिनको लागि प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको डीएसपी भण्डारीले  जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here