९५ बर्षिया मिठाई प्रधान उपनिवार्चनमा सहभागि

46

काठमाडाैं । कीर्तिपुर नगरपालिकाकाे स्थानीय तह उपनिवार्चनमा जेष्ठ नागरिक ९५ बर्षिया मिठाई प्रधानले उपनिवार्चनमा सहभागिता जनाएकीछिन् ।

कीर्तिपुर नगरपालिकाकाे  वडा नं. १ थाहाबहाल टोल निवासी जेष्ठनागरिक मिठाई प्रधानले कीर्तिपुर नगरकाे वडा नं. १ स्थित लाय्कू दबूमा बिहान करिब १०ः३० बजे पुगेर मत खसालेर  मताधिकारकाे सदुपयाेग गरेकाे थियाे । देशैभर रिक्त रहेकाे पदका लागि आज ७ बजेदेखि ५ बजेसम्म उपनिवार्चन जारी रहने छ ।

कीर्तिपुर नगरपालिकामा अहिले शान्तिपूर्वक रूपमा मतदान जारी रहेकाे छ । यस नगरमा नगर प्रमुख र वडा १ र वडा ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगर प्रमुखमा दलका र स्वतन्त्र गरी २१ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

वडा नम्बर १ मा ९ जना र वडा नम्बर ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकाे छ ।  यस नगरपालिकामा कीर्तिपुर नगरपालिकाकाकाे मेयर राजन नकर्मी,  वडा नं. १ मा वडा अध्यक्ष हर्ष महर्जन तथा वडा नं  ६ का वडा अध्यक्ष निधन भएकाले उक्त रिक्त पदका लागि ९ जना मेयर पदका लागि उमेदवारी दिएकाे थियाे ।

नगर प्रमुख र वडा १ र वडा ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगर प्रमुखमा दलका र स्वतन्त्र गरी २१ उम्मेदवार प्रतिस्पर्धामा छन् । वडा नम्बर १ मा ९ जना र वडा नम्बर ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको  छ ।

तत्कालीन नगरप्रमुख राजकुमार नकर्मी, वडा नम्बर १ का अध्यक्ष  हीरालाल महर्जन र वडा ४ का अध्यक्ष श्यामराज अधिकारीको निधन भएपछि ती पदहरू रिक्त भएकाे थियाे सो पदको पूर्ति गर्न उपनिर्वाचन अहिले जारी रहेकाे छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here