प्रधानमन्त्री ओली र एनपिसीका अध्यक्ष चाओ ल चीबीच भेटवार्ता

77

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता भएको छ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषय र संसदीय मामिलाका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको थियो। आजै प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री लि छ्याङ नेतृत्वको प्रमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको थियो।

प्रधानमन्त्री लीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री ओली हिजो अपराह्न यहाँ आइपुगेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here