एजेन्सी – भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढेर ३ हजारभन्दा बढी पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसा भारतमा संक्रमितको संख्या ३ हजार ८२ पुगेको छ भने मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।
भारतको महाराष्ट्रमा कोरोना भाइरसको संक्रमितको संख्या सबैभन्दाबढी रहेको छ । महाराष्ट्रमा पछिल्लो रिपोर्ट अनुसार ४९० जना संक्रमित भेटिएका छन् भने २४ जनाको मृत्यु भइसकेको छ ।
भारतमा संक्रमणको एक तिहाइ घटना मार्चमा दिल्लीमा भएको तब्लिगी जमातको कार्यक्रमसँग सम्बन्धित छ। यस कारणले, देशका १७ राज्य र केन्द्र प्रदेशहरू प्रभावित भएका छन्।


















