मृगौला पिडित महिलाकाे आर्थिक अभाव भएकाले सहयाेग गर्न अनुराेध

69

बझाङ । आर्थिक अभावका कारण बुङ्गल नगरपालिकाकि मृगौला पिडित एक महिलाको उपचारमा समस्या भएको छ । घरायसी आर्थिका अवस्था कमजोर हुदाँ दुबै मृगौला पीडित बुंगल नगरपालिकाको वडा नम्बर २ बासँ बस्ने ५८ बर्षिया दुर्गा देवि धामीको उपचारमा समस्या भएको हो ।

करिब  ३  महिना दुबै मृगौला फेल भएकी धामी हाल धनगढीस्थित नवजिवन अस्पतालमा उपचाररत हुनुहुन्छ । नवजिबन अस्पतालमा डाइलासिस गराइरहेकी उहाँको उपचारमा अहिले सम्म ७ लाख भन्दा बढी खर्च भएको र अहिले पैसाको अभावमा उपचार गराउन समस्या भएको उहाँका छोरा नविन बोहराले जनाउनुभयो ।

परिवारिक  आर्थिक स्राेत कमजोर भएकाले  थप उपचार सम्भव नभएको हुँदा, सबै सहयोगी मनहरुलाई सक्दो सहयोग गरिदिन पनि अपिल गरिएको छ ।

सहयोग गर्न चाहनुहुनेहरुले उहाँका छोरा नविन धामीको नाममा कृषि विकास बैंकमा रहेको खाता नम्बर ०८२६५०२०२३२६२०१२मा जम्मा गरीदिन अपिल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here