संसारभर ६६ लाख ९२ हजारभन्दा बढी संक्रमित,३ लाख ९२ हजार बढीको मृत्यु

65
काठमाडौं –  कोरोना भाइरसको महामारीले विश्वभर ६६ लाख ९२ हजार ६८६ जना संक्रमित भएका छन् ।

ज्यान गुमाउनेको संख्या ३ लाख ९२ हजार २८६ पुगेको छ भने ३२ लाख ४१ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ७७ हजार ८८ जनाको मृत्यु भएको छ ।

२० लाख ४५ हजार १५० जना संक्रमित भएकोमा १० लाख ४२ हजार ९० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३१ हजार १४३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख ७५ हजार ६९१ पुगेको छ । त्यसमध्ये ८ लाख ६४ हजार ९९९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३३ हजार ५८ जनाको मृत्यु भएको छ । १२ लाख ६० हजार १ जना संक्रमित भएकोमा ७ लाख ६५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४६ हजार ७५ जनाको मृत्यु भएको छ । १० लाख ३० हजार ९० जना संक्रमित भएकोमा ४ लाख ८४ हजार ३६२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ७८३ जनाको ज्यान गएको छ भने १ लाख ७२ हजार १८३ जना संक्रमित छन् । संक्रमितमध्ये ७५ हजार ८३० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८५० जना संक्रमित भएकोमा ८ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here