संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि १३ जनाको आवेदन

56

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि १३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदकहरूको दरखास्त स्वीकृत गरेको छ ।

आवेदन दिनेमा प्राडा वीरेन्दकुमार लाल, प्राडा भागवत ढकाल, प्राडा गुरुप्रसाद सुवेदी, प्राडा भीमप्रसाद खतिवडा, प्राडा लेखप्रसाद निरौला, प्राडा ऋषिराम रेग्मी, प्राडा धनेश्वर नेपाल, प्राडा कृष्णकान्त पराजुली, प्राडा शान्तिकृष्ण अधिकारी, प्राडा जयन्त आचार्य, प्राडा लालमणि पाण्डे, प्राडा कार्तिकेय झा र प्राडा नवराज कट्टेल छन् ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले २८ कात्तिकमा दरखास्तका लागि आह्वान गरेको थियो । अब १३ जनाले आफ्नो सोचपत्र पेस गर्ने छन् । उनीहरूको अन्तर्वार्ता पनि हुनेछ । १३ जना मध्येबाट १ जना उपकुलपति बन्नेछन् ।
हेर्नुहोस् आवेदकहरूको सूची :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here