काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा भएको छ ।
सहमति अनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ ।
चौतारीका उपाध्यक्ष राजेश राईका अनुसार कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिएको छ । बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिएको छ ।
२८ मंसिरमा हुने महाधिवेशनका लागि आज मनोनयन दर्ता हुँदैछ ।


















