रविलाई मध्यरातमा अमानवीय तरिकाले पोखरा पुर्‍याइएको भन्दै आपत्ति

32

काठमाडौं । रास्वपाले रवि लामिछानेलाई मध्यरातमा चितवनबाट अमानवीय तरिकाले पोखरा पुर्‍याइएको भन्दै आपत्ति प्रकट गरेको छ ।

केन्द्रीय समितिको आकस्मिक बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो । यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ ।”

रास्वपाले उक्त घटनालाई नजिकबाट नियाल्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ संस्थाको गम्भीर ध्यानाकर्षण गराएको छ ।
WhatsApp-Image-2024-12-06-at-2.38.24-PM-1733475970.jpeg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here