कांग्रेसको बैठक मङ्सिर २४ गते बस्ने

34

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते बस्ने भएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेसले सूचना जारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here