कोरोना संक्रमित उपत्यकामा ९३४ थपिए

78

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २३ हजार २६४ पुगेको छ।

काठमाडौंमा १८ हजार ८७७, ललितपुरमा २ हजार ३४६ र भक्तपुरमा  २ हजार ३७ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १५१३  जना कोरोना संक्रमित पुष्टि भएका छन्।योसँगै संक्रमितको कूल संख्या ७६ हजार २५८ पुगेको छ। २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। देशभर २० हजार ३९६ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

योसँगै संक्रमितको कूल संख्या ७६ हजार २५८  पुगेको छ। २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१  पुगेको छ। देशभर २० हजार ३९६  जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here