नेपालले विश्वकप छनोट सेमिफाइनलमा युएईविरूद्व पहिला फिल्डिङ गर्दै

80

काठमाडौं  । नेपालले आईसीसी टी–२० विश्वकप छनोटको पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा भएको टसमा युएईका कप्तान अहमद राजाले केहीबेर पछि सुरू हुने खेलका लागि पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। युएईले टस जितेर ब्याटिङ रोजेको हो।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलमा टोलीमा एक खेलाडी परिवर्तन गरेका छन्। उनले कुशल मल्लको स्थानमा विवेक यादवलाई प्लेइङ ११ मा समेटेका छन्। कुशल फिलिपिन्ससँग १२ र क्यानडासँग गोल्डेन डक आउट भएका थिए। नेपालले युएईलाई हराए आगामी अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउनेछ।

नेपालले पहिलोपटक सन् २०१४ विश्वकप खेलेको थियो। युएई पनि नेपाललाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here