सुनको मूल्य तोलामा डेढ लाखमुनि

55

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य तोलामा डेढ लाखमुनि झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । गत हप्ता शुक्रबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी आज  १८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here