सप्तरी । खडक नगरपालिका-८ भदैयाचोकमा वेबारिसे अवस्थामा रहेको करिब ९ लाख २४ हजार ४ सय ४० रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारको औषधिहरु मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको गस्ती प्रहरी टोलीले बोदेवर्साइन बिसनपुर सडक खण्डमा पर्ने उक्त चोकमा वेवारिसे अवस्थामा रहेको औषधि फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















