निजामती विधेयक माथि दफाबारे छलफल सुरु

52

काठमाडौ । निजामती विधेयकमाथि दफावार छलफल सुरु भएको छ । संसदमा आएको ९ महिनापछि निजामती विधेयक माथि आइतबारदेखि दफाबारे छलफल सुरु भएको हो ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमाथि आइतबारदेखि दफावार छलफल अगाडि बढाएको हो । ‘सङ्‌घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ २१ फागुन वि.सं. २०८० मा प्रतिनिधिसभामा दर्ता भएको थियो ।

सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले दफावार छलफलका लागि १५ जेठ वि.सं. २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।

संघीय निजामती सेवासम्बन्धी विधेयकमा सांसदहरूले १ सय २४ समूहमा एक हजार ५८३ वटा संशोधन परेको छ । वि.सं. २०७५ सालमा प्रतिनिधिसभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक वि.सं. २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन ।

प्रतिनिधिसभाको चालु कार्यकालमा समेत विधेयक अपेक्षित गतिमा अगाडि बढ्न नसकेको भनेर सरोकारवालाहरूले प्रश्न गरिरहेका छन् । यही बेला राज्य व्यवस्था समितिले विधेयकमाथी छलफल अगाडि बढाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here