आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

19

काठमाडौं, २६ मंसिर महोत्तरी, भंगाहा नगरपालिका-७ गोरहन्ना बजारमा पार्किङ गरी राखेको प्र.२-०३- ००१ ख १०२७ नम्बरको बसमा गए राति आगलागी हुँदा बस पूर्णरूपमा जलेर करिब ९५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-४ धन्छवार बस्ने राम लखन दास तत्माको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, मोटरसाइकल १ थान पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

संखुवासभा, चैनपुर नगरपालिका-८ मानेडाँडा बस्ने सोम बहादुर तामाङको घरमा मंगलबार दिउँसो आगलागी हुँदा घर तथा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, सुन २ तोला, नगद १ लाख १० हजार रूपैयाँ समेत जलेर करिब १२ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दोलखा, जिरी नगरपालिका-८ लहरेमाने बस्ने टेक बहादुर खत्रीको भान्सा घरमा मंगलबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । पर्सा, वीरगंज महानगरपालिका-१८ सुकचैना बस्ने सुमित अग्रवालले आफ्नै घरमा संचालन गरेको प्रेमिया फुड एडभाईस प्रालिमा करेन्ट सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा केक बनाउने मेसिन, केक र क्रिम समेत जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

चितवन, भरतपुर महानगरपालिका-८ शान्ति मार्ग टोल बस्ने सन्तोष सुवेदीको कामाक्ष ट्रेड सप्लायर्समा करेन्ट सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा ग्रिज र मविल पूर्णरूपमा जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । मकवानपुर, मनहरी गाउँपालिका-६ लोथर बस्ने बासु उप्रेतीको घरमा करेन्ट सर्ट भई मंगलबार बेलुकी आगलागी हुँदा लत्ताकपडा, अन्नपात, गरगहना र नगद समेत जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here