रवि लामिछानेको हिरासत बसाइँ ५ दिन लम्बियाे

60

पोखरा । सहकारीको रकम अपचलनको प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाइँ थप लम्बिएको छ।

जिल्ला अदालत कास्कीले बिहीबार रविविरुद्ध अनुसन्धान गर्न म्याद थपिदिएको हो।

जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलेको इजालसले ५ दिन म्यादको आदेश दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जनाए।

प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालत पेश गरेको हो।

रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि ५ दिनको म्याद थपिएको अधिकारीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here