जनकपुरविरुद्ध काठमाण्डुकाे १ सय २ रन लक्ष्य प्रस्तुत

52

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ। काठमाण्डु १९.३ ओभरमा अलआउट हुँदै १ सय १ रनमा समेटियो।

काठमाण्डुका लागि गेर्हार्ड एरासमसले २० रन बनाउनु सर्वाधिक रह्यो उनी बाहेक थप दोहोरो स्कोरका रुपमा स्टेफन एस्कान्जीले १७ रन बनाउँदा करण केसीले १९ रन बनाए। अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन्।

काठमाण्डुविरुद्ध कसिलो बलिङ गरेको जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिंदा मोहमद मोहसिनले २ र किशोर महतो, अरनिको यादव र शेर मल्लले समान १-१ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here