जनताले कांग्रेसप्रति आशाको रुपमा हेर्ने

57
उपप्रधानमन्त्री सिंह – मन्तव्य काठमाडौँ, २४ मङ्सिरः उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह सोमबार ललितपुरमा ‘भोलीको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचार विरुद्धको ऐक्यवद्धता’ भन्ने नाराका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडाैं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको जनाएका छन्।

काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा बोल्दै उनले कांग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको पनि बताए।

इतिहास बोकेको पार्टीको महत्वको बारेमा ख्याल राखेर अघि बढ्न पार्टीका नेता/कार्यकर्तालाई उनले निर्देशन दिए।

‘हामी नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्य हो। क्रियाशिल सदस्य भएपछि नेपाली कांग्रेस पार्टी इतिहास बोकेको पार्टी हो। यो पार्टीको महत्वको बारेमा हामीले अलि ख्याल राख्नुपर्‍यो,’ उनले भने, ‘जनतालाई अधिकार दिलाउन त्यो आइडिया नेपालमा बीजारोपण मात्रै होइन, बिजारोपण गरेर त्यसका लागि लडेको पार्टी भएर नेपाली कांग्रेस पाल्टिकली अधिकार दिलाउनमा अरु पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली कांग्रेसप्रति आशाको रुपमा हेर्छन् भन्नेकुरा बिर्सिनु हुँदैन।’

उपप्रधानमन्त्री सिंहले नेपाली जनताले नेपाली कांग्रेसप्रति आशाको रुपमा हेर्ने गरेको जनाए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here