आज नेप्से घट्याे

58

काठमाडौं ।  नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ।

साताको दोस्रो कारोबार दिन ५१.३७ अंकले घटेर २६३०.९१ विन्दुमा अडिएको छ। सेन्सेटिभइ इण्ड‍ेक्स ६.९३ अंकले घटेर ४५१.२८ विन्दुमा पुगको छ। यसदिन ३०४ स्क्रिप्सको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८४७ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कुथेली बुखारी स्माल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। यसैगरी जोशी हाइड्रोपावर डेभलपमेन्टको ८.७०,कुमारी सवल योजनाको ५,नेसनल हाइड्रोपावरको ३८ र मन्दाकिनी हाइड्रोपावरको ३.९७ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १८ करोड ८९ लाख मूल्य बराबरको सेयर कारोबार भयो। जोशी हाइड्रोपावर डेभलपमेन्टको १८ करोड ४९ लाख,हिमालयन रिइन्स्योरेन्सको १५ करोड र नेपाल फाइनान्सको १२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन कारोबारमा आएकामध्ये १५ स्टक्सको मूल्य बढ्दा २२७ वटाको घट्यो। २ स्टक्सको मूल्य भने स्थिर रह्यो। सबै समूहका परिसूचक भने घटेका छन्। फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.४१ प्रतिशतले घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here