आज नेपालीहरूकाे माैलिक प्रेम दिवस “मतिना पारु”

60

काठमाडाैं  । आज नेपालीहरूकाे माैलिक प्रेम दिवस मतिना पारु अर्थात् प्रेम दिवस परेकाे छ  ।

यःमरी पुन्हीको भोलिपल्ट मनाईने “मतिना पारु” नेवार समुदायमा यो पर्व हर्षाेल्लासपूर्वक मनाइने गरिन्छ ।

नेपालीहरु आयातित चाडपर्वहरु न्यू एयर, क्रिसमस, भ्यालेन्टाइन डे जस्ता विदेशी पर्वहरु मनाईरहनेहरुका लागि सुन्दा अचम्म लाग्न सक्छ कि नेपालमा पनि हाम्रा पूर्खाहरु “मतिना पारु” अर्थात प्रेम दिवस मनाउँछ ।

यो पर्व विशेष अादिबासी नेवार समुदायमा मात्र प्रचलित रहेको  छ । मतिना पारु नेपालमा बसोवास गर्ने नेवार समुदायको एक लोकप्रिय चाड हो । यो चाड यःमरि पुन्हिको भोली पल्ट अर्थात प्रतिपदाका दिन पर्दछ ।

पुन्हि भन्नाले नेपालभाषामा पूर्णिमा हो, त्यसको भोली पल्ट, ‘पारु’ भन्नाले प्रतिपदा बुझिन्छ । मतिना भनेको माया। जसलाई प्रेमको पहिलो दिन भन्न पनि सक्छ । नेवार समुदायहरु खेती किसानी गर्ने, जात्रा पर्वमा मात्र सीमित रहन्छन् भन्ने जुन धारणा छ, त्यो धारणालाई यस पर्वले असत्य सावित गरेको छ ।

नेवारहरु आफ्नाे धार्मिक संस्कार, नित्य कर्मका साथसाथै माया, प्रेम, दया, करुणा आदि प्रेमसँग सम्बन्धित कुराहरुमा पनि अगाडि रहेका छन् भन्ने यस पर्वले ईंगित गरेको पाइन्छ ।

योमरी पुन्ही सँग सम्बन्धित थुप्रै संस्कार र संस्कृतिहरू छन् । लोकप्रिय रूपमा खानाको परिकार यःमरिको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्य सँगको सम्बन्ध बारे कुराकानी गर्दा यसको अर्को पक्ष भनेको माया पनि हो ।

परम्परागत समाज अहिले जस्तो माया प्रेममा विषयमा खुल्ला थिएन। यसरी बन्धनले बाँधिएको समाजमा यःमरि पुन्हिका दिन टोल टोलमा गएर ‘यःमरि फ्वनेगु’ परम्परा अनुसार यःमरि माग्दै जाने क्रममा आफ्नो प्रेमी खोज्ने र प्रेमी सँग सुटुक्क कुरा गर्ने चलन थियो ।

यसै क्रममा यःमरि पुन्हिकै दिन भेट्न आउने कुराकानी राखेर फर्कनेहरू त्यसको भोलीपल्ट भेट्ने गर्दछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here