नर्भिक अस्पतालमा मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु

66

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा चिरफार नगरी गरिने मेरुदण्डको शल्यक्रिया–मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु भएको छ।

अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्राडा राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। मेरुदण्डको हड्डी फुटेको, ढाडको हड्डी खिइएर कुच्चिएको तथा ढाडको नसा च्यापिएकोजस्ता समस्या समाधानका लागि अस्पतालले नयाँ प्रविधिबाट शल्यक्रिया सुरु गरेको हो। यसमा ढाडको छालामा सानो प्वाल पारेर एक्स–रेमार्फत् शल्यक्रिया गरिन्छ।

यो प्रविधिअनुसार शल्यक्रिया गर्दा चिरफार गर्नु नपर्ने, समय कम लाग्ने, रगत निकै न्यूनमात्रामा बग्ने र भोलिपल्टैदेखि बिरामी हिँडडुल गर्न सक्ने डा झाले जनाए ।

यस्तै, चिरफार गर्दा बिरामी नियमित काममा फर्कन कम्तीमा ३ साता लाग्ने गरेकोमा मिनिमल इन्भेजिभ स्पाइन सर्जरी गर्दा बिरामी १०–१२ दिनमै नियमित काममा फर्कन सक्ने उनको भनाइ छ। मेरुदण्डको समस्या औषधि खाँदा पनि कम नहुने र प्यारालाइसिस हुन थाल्यो भने यो विधिबाट शल्यक्रिया गर्न सकिने डा झाले बताए। ‘यो नयाँ प्रविधिबाट शल्यक्रिया गर्दा संक्रमण पनि हुँदैन र अस्पताल पनि दुई दिनभन्दा बढी बस्नु पर्दैन,’ डा झाले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here