सातौं राष्ट्रिय झण्डा दिवस सम्पन्न

53

वसन्तपुर ।  नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्रसंघमा आधिकारिकता दिएर संसार सामु नेपालको पहिचानलाई उजागर गरिएको विशेष दिनलाई स्मरण गर्दै विसं. २०१९साल पौष १ गते तद्अनुसार सन् १९६२ डिसेम्वर १६ का दिनलाई सम्मान गर्दै विसं २०७५ पौष १ गतेका दिनदेखि राष्ट्रिय झण्डा दिवसको रुपमा मनाउन थालिएको आज सातौं बर्ष पुरा भएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा काठमाण्डौको वसन्तपुरमा सांस्कृतिक ¥याली सहितको प्रभातफेरी कार्यक्रम गरि झण्डा दिवस मनाइएको छ।

नेपालको राष्ट्रिय झण्डा वैदिक, ज्योतिषीय रुपमा रहेको र यस झण्डाले वैदिक सनातन संस्कृतिलाई उजागर गर्ने गरेका छ। सूर्यका १२ कोणले महिना,राशी र १२ सूर्यको रुपमा प्रतिनिधित्व गर्दछ भने चन्द्रमाका १६ मध्ये ८ कोणले चन्द्रमाका २७ नक्षत्र र नक्षत्रभित्रका नाम र राशीलाई समेत प्रतिनिधित्व गर्ने गर्दछ। रातो देवीको प्रिय रंग भएको र नेपालीहरु देवीका उपासक रहेकाले पनि नेपालको राष्ट्रिय झण्डा रातो रंगको रहेको भनाई दिवसका संस्थापक राजानन्द माण्डव्यले बताउनुभयो।

नेपालका धरोहर संरक्षणमा निरन्तर विभिन्न कार्यक्रम मार्फत राष्ट्रिय पोशाक दिवस जसलाई टोपी दिवसको रुपमा पनि नागरिकहरुमा जनजागरण गर्दै आएको यस प्रतिष्ठानले आगामी पौष १७ गते पाटन ललितपुरमा विशेष कार्यक्रम गरि १२ औं राष्ट्रिय पोशाक दिवस (टोपी दिवस) मनाउने बताउदै नेपालको हाल रहेको राष्ट्रिय झण्डाको गर्विलो इतिहास आजको दिनमा ६२ वर्ष पुरा गरि ६३ वर्षमा प्रवेश गरेको अवसरमा ७ औं राष्ट्रिय झण्डा दिवस सम्पन्न गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here