अवैध रूपमा भारत छिरेकी हैदर गर्भवती

54
एजेन्सी । पाकिस्तानबाट अवैध रूपमा भारत छिरेकी सीमा हैदरले आफू गर्भवती भएको खुलासा गरेकी छन् ।

सीमा हैदरको बयानपछि अब उनका पूर्वपति तथा पाकिस्तानी नागरिक गुलाम हैदरले एक नयाँ भिडियो सार्वजनिक गरेका छन् ।

हैदरले लामो समयपछि आफ्नो युट्युब च्यानलमा एउटा भिडियो सेयर गरेका छन् । जसमा उनले सीमा र उनकी भारतीय प्रेमी सचिनमाथि आक्रोश पोखेका छन् । भिडियोमा गुलाम हैदरले भनेका छन्, ‘सीमासँग लाज छैन । उनले जे गरिरहेकी छन्, कुनै लाज नभएको महिलाले पनि गर्न सक्दैन ।’
गुलाम हैदरको यो भिडियो सीमाले आफ्नो गर्भावस्था र सचिनको बच्चाको आमा बन्ने कुराको खुलासा गरेपछि आएको हो । सीमा हैदर अहिले सात महिनाको गर्भवती छिन् र उनी आफ्नो प्रेमी सचिन मीणाको बच्चाकी आमा बन्न लागेकी छिन् ।

सीमाले गर्भवती किटको भिडियो पनि सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । त्यसपछि उनका पाकिस्तानी पति गुलाम हैदर रिसाएका हुन् । युट्युबमा भिडियो शेयर गर्दै गुलामले भने, ‘सीमालाई बुबाको श्राप लाग्नेछ ।’ भिडियोमा उनले सीमा र सचिन दुवैलाई धेरै गाली पनि गरेका छन् ।

उनले आफ्नो सरोकार सीमासँग नरहेको बताएका छन् । ‘मैले सीमालाई बारम्बार भनेको छु कि मेरो उनीसँग कुनै सरोकार छैन । उनले जे गरिरहेकी छन् त्यसको नतिजा एक दिन उनलाई थाहा हुनेछ । उनले मेरा चार साना छोराछोरीलाई मबाट टाढा लगिन् ।’ हैदरले कुनै न कुनै दिन सीमा र सचिन जेल जाने र आफ्ना छोराछोरी पाकिस्तान आउने बताए । ‘सीमा मेरी श्रीमती हुन् र उनी अर्कैको सन्तानकी आमा बन्न लागेकी छिन्, त्यसैले योभन्दा बढी के भनौँ ।’

पाकिस्तानको कराँची निवासी सीमा हैदर गत वर्ष आफ्ना चार सन्तानसहित नेपाल हुँदै रूपमा भारत प्रवेश गरेकी थिइन् ।सीमाले नोएडामा बस्ने सचिन मीणासँग आफ्नो प्रेम सम्बन्धको रहेको बताएकी थिइन् । उनी अवैध रुपमा भारत प्रवेश गरेको आरोपमा पनि पक्राउ परेकी पनि थिइन् । हाल उनी सचिनसँग नोएडामा बस्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here