आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

59

काठमाडौं ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-१० सप्तरी टोल बस्ने ३० वर्षीय नवराज पौडेलको गुवाली घर र परालको टालमा मंगलबार राति आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-१ चिसापानी बस्ने ३६ वर्षीय ज्ञान बहादुर थोकरको घर र गोठमा मंगलबार राति आगलागी हुँदा करिब १० लाख ७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । कास्की, माछापुछ्रे गाउँपालिका-८ ईदिखोला बस्ने ७५ वर्षीय रामचन्द्र गौतमको कच्ची गोठमा र गोठ नजिकै रहेको परालको टौवामा गए राति आगलागी हुँदा गोठ र परालको टौवा जलेर नष्ट भएको छ । पर्सा, वीरगंज महानगरपालिका-१६ बस्ने रामनारायण साह कलवारको गोठघरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

लमजुङ, राइनास नगरपालिका-५ तिनपिप्ले बस्ने जिवन तारा भट्टको चेपे मर्स्याङदी एग्रो फर्ममा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा फर्ममा रहेका २५ सय ब्रोईलर कुखुरा जलेर क्षति भएको छ । चितवन, रत्ननगर नगरपालिका-१३ डुम्री चोक बस्ने राकेश बानियाँले सोही ठाउँस्थित संचालन गरेको बानियाँ फुटमा बुधबार बिहान आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here