संविधान संशोधनका काम सुरु भइसक्यो : उपप्रधानमन्त्री सिंह

49

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेको कार्यदल गठन गरिसकेको दाबी गरेका छन्।

बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग संविधान संशोधनका लागि कांग्रेस र एमालेले बनाएको कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको सुनाए। उनले भने, ‘कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ। सबै दलहरूसँग गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ।’

उनले कोरोनापछि धरायशी अर्थतन्त्रलाई चलायमान बनाउन र लयमा ल्याउन सरकारले काम गरिरहेको जिकिर गरे। उनले भने, ‘अर्थतन्त्र सुधार्न उच्च स्तरिय संयन्त्र बनाएका छौँ । अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम गरिरहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here