जनतालाई नतर्साउन प्रधानमन्त्रीलाई प्रभु शाहकाे चेतावनी

58

काठमाडौं । आमजनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको बुइ चढेर नेपाली जनतालाई तर्साउन खोजेको जनाएका छन्।

आजपाको दोस्रो स्थापना दिवसको अवसरमा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपाली जनतालाई नतर्साउन प्रधानमन्त्री ओलीलाई चेतावनी दिए।

‘अहिलेको यो सरकार अनैतिक र अप्राकृतिक छ। हामी यसको अन्त्य चाहन्छौँ। केपी ओलीले देउवा दम्पत्तिको बुइ चढेर दुनियाँलाई तर्साउन खोजिरहेका छन्। अपवित्र बाटोबाट देशलाई अन्धकारमा धकेल्न खोजिरहेका छन्,’ उनले भने।

अहिले दलाल दलतन्त्र हाबी भएकोले देश दूरावस्थाबाट गुज्रिरहेको साहले टिप्पणी गरे।

उनले भने, ‘आज नेपाल संकटबाट गुज्रिरहेको छ। सत्ता स्वार्थको अपवित्र, अनैतिक राजनीतिले जनता निराश छन्। जनता उकुमुकुसको अवस्थामा छन्। देशमा बढ्दो अस्थिरताको कारण देशकै अस्तित्व संकटमा परेको कुरा हामीले हेरिरहेका छौँ। नेपाली जनताले अहिले देशमै भविष्य देख्न छाडे, हाम्रा युवाहरु विदेश पलायन हुँदैछन्।’

नेपालका ठूला भनाउँदा नेताहरु विदेशीको इशारामा चलिराखेको आरोप उनले लगाए। उनले भने, ‘नेपालका नेताहरु विदेशीको ईशाराबिना श्वास पनि फेर्न सक्ने अवस्थामा छैनन्। वैदेशिक हस्तक्षेप बढ्दो छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here