टोटनह्यामले क्रिष्टल प्यालेसलाई हरायाे

107

एजेन्सी / इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले क्रिष्टल प्यालेसलाई सहज रूपमा हराएकाे छ ।  गएराती सम्पन्न भएको खेलमा क्रिष्टल प्यालेसलाई टोटनह्यामले ४–० को जित हराएको हो । घरेलु मैदान टोटनह्याम हट्सपरमा खेल सुरु भएको १० औं मिनेटमा पहिलाे  गाेल गरेका थिए । टोटनह्याम ४ गोल पहिलो हाफमा गरेको थियो । जसमध्ये एक उपहार गोल हो । टोटनह्यामको जितमा कोरियाली स्टार सन हिउङ मिनले २ गोल गरे । इरिक लमेलाले एक गोल गर्दा अर्को क्रिष्टलले उपहार दिएको थियो । १० औं मिनेटमा मिनले गरेको अग्रता २१ औं मिनेटमा दोब्बर भयो । प्याट्रिक भानले आफ्नै पोष्टमा गोल गरेपछि टोटनह्याम अग्रता दोब्बर बनाउन सफल भयो । लगत्तै दुई मिनेटपछि मिनले टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा टोटनह्यामका लागि इरिकले चौथो गोल गरे । दोस्रो हाफमा क्रिष्टलले सम्हालिएको प्रदर्शन गरेपनि गोल गर्न भने सकेन । टोटनह्यामले गोल गर्न नसकेपनि पहिलो हाफमा गरेको ४ गोलबाट विजय भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here