विपदका बेला तत्कालै निकासा हुने गरी ५ अर्ब ५० करोड बजेट

80

काठमाडौ, सरकारले बजेटमार्फत विपदको समयमा श्रोतको अभाव हुन नदिन तत्कालै निकासा हुने गरी ५ अर्ब ५० करोड बजेट छुट्टयाएको छ । यसबाट तत्कालै विपद्का उद्धारमा सहयोग पुग्ने सरकारले विश्वास लिएको छ । त्यस्तै प्रदेशमा आपतकालिन सामाग्री भण्डार केन्द्र स्थापना गरिने पनि बजेट भाषणमा उल्लेख गरिएको छ । विपद जोखिमको विविधिकरण गरी सूचना प्रविधिको उपयोग मार्फत पूर्व सतर्कता अपनाउने र प्रभावितहरुलाई सामाजिक संरक्षण र बीमामा आवद्ध गर्ने व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ ।

सुरक्षा निकायहरू रहेको स्थान लगायत अन्य संभावित स्थानमा विपदको पूर्वानुमान तथा पूर्व सूचना प्रणाली जडान गरी सञ्चालनमा ल्याइने तथा विपद्को पूर्वतयारी, खोज, उद्धार, राहत र पुनस्थापनामा सबै संयन्त्रहरू तयारी अवस्थामा राखी परिचालन गरिने बजेटमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here