ओलीले रक्सी खुवाएर रावलविरुद्ध नाराबाजी गर्न लागएको आरोप

57

काठमाडौं । एमालेबाट निष्कासित नेता भीम रावलले चितवनमा भएको पार्टीको दसौँ महाधिवेशनको घटना सम्झिँदै अध्यक्ष केपी शर्मा ओलीलाई आरोप लगाएका छन्।

एमालेको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निकाष्सन भएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले चितवनको महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवार दिँदा अध्यक्ष ओलीले रक्सी खुवाएर पार्टीकै युवालाई आफूविरुद्ध नाराबाजी गर्न लागएको आरोप लगाएका हुन्।

‘म आफ्नै व्यवस्थाले बसेको होटल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइयो’, रावलले भने, ‘मेरो आग्रहमा सशस्त्र प्रहरीको टोलीले त्यहाँबाट धपायो।’

२०७८ मंसिरमा चितवनमा भएको एमालेको दसौँ महाधिवेशनमा रावल ओलीविरुद्ध अध्यक्ष पदमा उठेका थिए तर उनी पराजित भए। त्यसयता उनी ओलीको आँखाको तारो बनेका थिए। यसै क्रममा उनलाई जिम्मेवारीविहीन बनाउँदै यही पुस १० गते एमाले सचिवालय बैठक राखेर साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here