चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

59

काठमाडौं । नेपालमा आगामी फेब्रुअरीमा चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार प्रतियोगिताबारे जानकारी गराएको हो ।

नेपालको आयोजनामा फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा हुने प्रतियोगितामा किर्गिस्तान, लेबनान र म्यानमारको महिला फुटबल टोलीका बीचमा प्रतिस्पर्धा हुनेछ ।

फिफाको अन्तर्राष्ट्रिय विन्डोका बेला उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो ।

नेपाली महिला फुटबल टोलीले पछिल्लोपटक नोभेम्बरमा साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशसँग दशरथ रंगशालामै खेलेको थियो ।

नेपालको महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणका खेलहरू पनि बिहीबारदेखि सुरू हुँदै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here