काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-११ महादेबटार हाईट डेरा गरी बस्ने लम्जुङ मर्स्याङदी गाउँपालिका-१ घर भएका श्याम कुमार बिकको कोठाबाट सुनका विभिन्न गरगहना र ल्यापटप १ थान गरी करिब २ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
झापा, मेचीनगर नगरपालिका-९ कमल चोक बस्ने मुकुन्द पराजुलीको घरबाट कासको थाल ७ थान, सुन ५ तोला र नगद १० हजार रूपैयाँ गरी करिब ७ लाख ७७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















