दाङ। घोराहीको एक दम्पतीको नाक काटिदिएको आरोपमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन्।
घोराही उमहानगरपालिका–१५, बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतलाई गत मंसिर ६ गते घोराही–१५, ओमशान्ति टोलस्थित सडकमा हिँडिरहेको बेला नाकमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो।
उक्त घटनापछि फरार रहेका खड्काविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिई खोजी गरिरहेकोमा उनलाई घोराही–१९ मा फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जनाए ।
उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको थापाले जनाए।


















