एमाले केन्द्रीय कार्यालयको बैठक ३ बजे बस्दै

72

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक बोलाइएको छ ।

शुक्रबार दिउँसो ३ बजेपछि पार्टी मुख्यालय च्यासलमा केन्द्रीय कार्यालय बैठक बोलाइएको हो ।

यो बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डामा छलफल गर्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जनाए ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय उपमहासचिव, सचिव र केन्द्रीय कार्यालय सचिव सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here