१० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी

46

काठमाडाैं । कुमारी बैंक लिमिटेडले “कुमारी परिवार सुरक्षा बचत खाता” योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

खातावालाको परिवारको तर्फबाट श्रीमती मुना राणालाई कुमारी बैंक लिमिटेडको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको जनाएको छ ।

कुमारी बैंकले “कुमारी परिवार सुरक्षा बचत खाता” मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरुले २६ लाख रुपैयाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।

कुमारी बैंकले विगत ५ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि “कुमारी परिवार सुरक्षा बचत खाता” योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आएको छ । आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here