काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजको २७ औँ राष्ट्रिय परिषद् बैठक चितवन र नवलपुर शाखाको आतिथेयमा २०८१ माघ १६–१७ गते गैडाकोटमा हुने भएको छ ।
विकासको अधिकारः अहरणीय अधिकार भन्ने मूल आह्वानसहित हुन गइरहेको परिषद् बैठकमा विकासको अधिकारका अतिरिक्त जलवायु न्याय, बढ्दो युवा पलायनः सैन्य प्रयोजनमा दुरुपयोगको खतरा शिर्षकमा गरि एक दर्जन प्रस्तावहरु माथि छलफल हुनेछ ।
राष्ट्रिय परिषद् समाजको सर्वोच्च नीति निर्णायक अंग हो । परिषद् बैठकले २७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन समेत गर्नेछ । समाजका ३६ वटा शाखाबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु गरि २५० जनाको सहभागिता रहने राष्ट्रिय परिषद् बैठक सम्पन्न गर्न समाजको चितवन शाखाका सभापति पूर्णचन्द्र चापागाई संयोजक र नवलपुर शाखा सभापति कमल शर्मा सह संयोजक रहेको ५१ सदस्यीय मूल तयारी समिति र १३ वटा उपसमिति गठन भएको छ ।


















